साइनिङ स्टारको छैठौं सिजन हुने

जेसिआई व्यास नगरले बालबालिकाको प्रतिभामूलक कार्यक्रम व्यास नगर साइनिङ स्टारको छैठौं सिजन शुरु गर्ने भएको छ । बिहिबार दमौलीमा पत्रकार सम्मेलन गर्दै जेसिआईले यस वर्ष पहिलेकोभन्दा परिस्कृत तरिकाले प्रतियोगिता गर्ने जानकारी दिएको 
हो । यसअघि अडिसन राउण्डबाट ३० जना छानिंदै आएकामा यस वर्ष भने २० जनालाई छनोट गरिने प्रतियोगिताका संयोजक राजु रानाले जानकारी दिए । 
उनले एक महिने प्रशिक्षणपश्चात हुने ग्राण्ड फिनालेमा १३ विधामा अवार्ड प्रदान गरिने जानकारी दिए । संस्थाका अध्यक्ष पविन्द्र भट्टराईले बालबालिकाको प्रतिभामूलक क्षमता विकासका लागि हरेक वर्ष हुँदै आएको प्रतियोगिता यस वर्ष पनि निरन्तर गरिने बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई १० हजार नगद पुरस्कार प्रदान गरिने उनले जानकारी दिए ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु सुरेश पुरी, ओमराज श्रेष्ठ तथा एकप्रसाद श्रेष्ठले बालबालिकालाई विभिन्न विधामा प्रशिक्षण प्रदान गरिने बताए । विगतको भन्दा फरक ढंगले प्रशिक्षण प्रदान गर्दै प्रतियोगितालाई बालबालिकाको क्षमता विकासको अवसरका रुपमा विकास गरिने उनीहरुले बताए । जेसिजका महासचिव विकल्प श्रेष्ठले अडिसन तथा प्रशिक्षण फ्लोरेन्स इन्टरनेशनल स्कूलमा हुने जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमकार आचार्य तथा जेसिजका कर्ण गुरुङलगायतले पनि बोलेका थिए ।