बन्दीपुर सांस्कृतिक सा“झको तयारी तीव्र

 बन्दीपुर बजारमा पर्यटक भित्र्याउनका लागि लक्षित गर्दै नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको सांस्कृतिक साँझको तयारी तीव्र पारिएको छ ।
पर्यटकको ठूलो चहलपहल रहने बन्दीपुर बजारमा हरेक नेपाली नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर सांस्कृतिक साँझ आयोजना
 गरिन्छ । यस वर्ष पनि बन्दीपुर पर्यटन विकास समिति तथा तनहुँ उद्योग वाणिज्य संघ र क्षेत्रीय होटल संघ बन्दीपुर एकाईको संयुक्त आयोजनामा चैत्र ३० देखि आगामी वैशाख २ गतेसम्म सांस्कृतिक कार्यक्रम 
हुँदैछ । यसका लागि आवश्यक तयारी तीव्र पारिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैश गुरुङले 
बताए । उनका अनुसार कार्यक्रममा ठूलो संख्यामा दर्शकको सहभागीता
 हुँदैछ ।
पर्यटक तान्न संस्कृतीप्रेमी पर्यटक आकर्षित गर्नका लागि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा नेपाली नयाँ वर्षको अवसरमा बन्दीपुर बजारमा पर्यटकलक्षित सांस्कृतिक कार्यक्रम गरिने भएको छ । यसअघि पनि बन्दीपुरका पर्यटन व्यवसायीको संयुक्त प्रयासमा कार्यक्रम गरिंदै आएको थियो । तर यसपल्ट स्थानीय संस्कृतिलाई प्राथमिकता दिएर साँझको कार्यक्रम गर्न लागिएको आयोजकको भनाई छ ।
बन्दीपुर मुख्य बजारमा हरेक साँझ त्यस क्षेत्रमा प्रचलित लाखे, गुरुङ तथा मगर समुदायको कौरा, चुड्का, पाउँदुरे लगायतका नाच तथा झाँकी प्रस्तुत हुँदैछन् । क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले कार्यक्रमका अवसरमा दर्शकको ठूलो संख्यामा उपस्थिती हुने अनुमान गरिएको बताए ।
यता, नयाँ वर्षकै अवसरमा ओइडिएमएल मिडिया ग्रुपको आयोजनामा नेपाली नयाँ वर्षकै अवसरमा शुक्रबार साँझ विशेष सांगितिक कार्यक्रम हुँदैछ । खुला मैदानमा हुने कार्यक्रममा चर्चित ब्याण्ड मुक्ति एण्ड रिभाइभलको प्रस्तुति रहने छ ।