आजबाट राष्ट्रपति रनिङ शिल्ड

आईतबारबाट दमौलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु हुने भएको छ । जिल्लाका दुईवटै क्षेत्रको छनोट सम्पन्न भए पछि अब जिल्लास्तरीय प्रतियोगिता गर्न लागिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव शिवहरि पण्डितले बताए । उनका अनुसार प्रतियोगिता दमौलीस्थित बीपी वनवाटिका खेल मैदानमा हुनेछ । प्रतियोगिताको खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम छ ।तर प्रतियोगितापूर्व नै कराँतेको छनोट खेल भने गरिएको छ ।