अकलामा घुइंचो

नयाँ वर्षको अवसरमा म्याग्देस्थित तनहुँको तीर्थस्थल अकला मन्दिरमा दर्शनार्थीको घुइंचो लागेको छ । हरेक वर्ष नयाँ वर्षका दिन मन्दिरमा भाकल गरेमा मनोकांक्षा पुरा हुने विश्वास छ । यसैका आधारमा हरेक नयाँ वर्ष मन्दिरमा पूजाका लागि श्रद्धालु देशका विभिन्न भागबाट जाने गरेका छन् ।
शनिबार दर्शनार्थीको भीड बढेर पृथ्वीराजमार्गसम्म पुगेपछि मन्दिर संरक्षण समितिले पिकनिक स्पटमा लाईन व्यवस्थापन गरेको मन्दिरका अध्यक्ष केशव वाग्लेले बताए ।