शंकराचार्य हेमानन्दलाई सम्मान

 अनन्तश्री विभुषित महामण्डलेश्वर हेमानन्द गिरीलाई दशनामी समाज नेपाल तनहुँले सम्मान गरेको छ । व्यासभूमिमा आयोजित अखण्डकीर्तनको समापनमा दमौली आएकी उनलाई समाजले सम्मान गरेको हो । समाजका तर्फबाट केन्द्रीय सदस्य सरस्वती गिरी, पूर्व जिल्ला अध्यक्ष अर्जुन गिरी, संस्थापक अध्यक्ष सालिग्राम गिरी, व्यास एकता गुठी समाजका अध्यक्ष गोविन्द गिरी,  समाजका पूर्व अध्यक्ष सम्शेर पुरी, जिल्ला सचिव धर्म गिरी, राजेन्द्र गिरीलगायतले सम्मान गरेका थिए । कार्यक्रम समाजका जिल्ला सभापति नारायण गिरीको सभापतित्वमा भएको थियो ।