महिला मृत फेला

म्याग्दे गाउँपालिका ७ धयरघारीमा एक महिला मृत भेटिएकी छन् । शुक्रबार प्रहरीले मृत अवस्थामा फेला पारेकी अन्दाजी ४५ वर्षिया ती महिलाको नाम र ठेगाना खुलेको छैन । 
केही दिनयता सोही क्षेत्रमा देखा परेकी ती महिला कच्ची सडक नजिकै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले महिलाको पहिचान तथा आफन्तसँगको सम्पर्कका लागि सघाइदिन आग्रह गरेको छ । 
माग्दै खाँदै गरेकी ती महिलाको मृत्यु भने स्वाभाविकजस्तो देखिएको छ । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।