बन्दंंीपुरमा खुशीको सञ्चार

जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा प्रहरी चौकीको स्तरोन्नती भएको छ । सँगै त्यस क्षेत्र हुँदै जाने पर्यटकीय मार्ग पनि मुच्चुकसम्म पुगेको छ । पुरानो पर्यटकीय नगरी बन्दीपुर क्षेत्रमा खुशीको सञ्चार ल्याउने काम दुवै समाचारले गरेका छन् । पर्यटकहरुको चहलपहलका कारण प्रसिद्ध बन्दीपुरमा जे जति प्राकृतिक सम्पदा छन्, त्यस आधारमा अहिले देखिएको पर्यटकीय चहलपहललाई पर्याप्त मान्न सकिने अवस्था छैन । खासगरी बन्दीपुर नजिकका पर्यटकीय गाउँ रामकोट, छिम्केश्वरी, हिलेखर्क आदिमा धेरै पर्यटक भित्र्याउन सकिने सम्भावना छ । त्यसका लागि बन्दीपुरको प्रबद्र्धन, खानेपानीको व्यवस्था, भरपर्दो सुरक्षा अनि बाटोघाटोको उचित व्यवस्था आधारभुत आवश्यकता हुन् । बन्दीपुरमा पानीको समस्या पुरानै हो । अनि वरपरका गाउँमा पुग्ने सहज बाटोघाटो अर्को समस्या हो । अनि अर्को आवश्यकता भनेको वरपर अलि टाढासम्म जाने गन्तव्य । बन्दीपुरबाट पैदल वा साईकल वा सडकयात्रा गर्दै छाब्दी अनि दमौली आउने गरी पर्यटकलाई ल्याउन सकिने हो भने एकातिर त्यसले बन्दीपुरको बसाई लम्ब्याउँछ
भने अर्कोतिर दमौलीमा पनि पर्यटकीय चहलपहल बढाउन सक्छ । यसका लागि स्थानीय, पर्यटन व्यवसायी अनि सम्बद्ध सरोकारवाला तात्नु जरुरी 
छ ।