‘सुनचा“दी व्यवसायी एक हुद’ै

तनहुँ सुनचाँदी व्यवसायी संघले नयाँ वर्ष २०७५ को अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सोही अवसर पारी संघले प्रकाशनमा ल्याएको भित्ते पात्रोको समेत विमोचन गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विकले भित्ते पात्रोको विमोचन गदै अहिलेको समयमा व्यवसायीहरु एक जुट हुनु पर्नेमा जोड दिए । यसका लागि नै अब छिट्टै नेपाल सुनचाँदी व्यवसायी महासंघ र रत्न आभुषण महासंघ लगाएतका महासंघहरु एक हुन लागेको खुलासा गरे । उनले व्यवसायिक हकहितका लागि एउटै महासंघको आवश्यकता रहेकाले आफूहरुकै पहलमा व्यवसायीहरु एउटै छातामा आउन लागेको 
बताए । संघका अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको कार्यक्रममा सांसद डोवाटे विक, तनहुँ सुनचाँदी व्यवसायी संघका पुर्व अध्यक्ष तेजबहादुर विक, उपाध्यक्ष विनोदकुमार विकल, संस्थाका सचिव हरि गहतराजलगायतले शुभकामना दिएका थिए ।