राष्ट्रपति रनिङ शिल्ड शुरु

आईतबारबाट दमौलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले तनहुँको खेलकुद पूर्वाधार तयार पारेर खेलकुद विकासका लागि सघाउने  बताए । उनले खेलकुदका माध्यमबाट राष्ट्रलाई समृद्ध बनाउने उनले बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले तनहुँको खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुषालको अध्यक्षतामा भएको खेल उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, समितिका उपाध्यक्ष मनिराज थापा, कार्यालय सचिव शिवहरि पण्डितलगायतले बोलेका थिए । प्रतियोगिता सोमबार सकिने बताइएको छ । जिल्लाका दुईवटै क्षेत्रको छनोट सम्पन्न भए पछि अब जिल्लास्तरीय प्रतियोगिता गरिएको 
हो । प्रतियोगिताअन्र्तगत रिले, भलिबल तथा एथ्लेटिक्सका खेलहरु शुरु भएका छन् । प्रतियोगिताकै क्रममा तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्ने टिम निर्माण गरिने भएको छ । सोही टिम क्षेत्रमा जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी हुनेछन् ।