विद्यालय भर्ना अभियान शुरु

 तनहुँका सबैजसो सामुदायिक विद्यालयहरुले भर्ना अभियान थालेका छन् । नेपाल सरकारले वैशाख महिनालाई भर्ना अभियानको रुपमा लिन थालेयता सामुदायिक विद्यालयहरुले भर्ना अभियानलाई विशेष प्राथमिकता दिने गरेका छन् । 
यसक्रममा तनहुँका आठवटै तहमा स्थानीय शिक्षा शाखामार्फत अभियान सञ्चालन भएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख रुद्रहरि भण्डारीले बताए । ‘सबै तहमा अभियान सञ्चालन भएको छ,’ उनले भने । विद्यालयहरुले घर घरमा गएर अभिभावकसंग अन्र्तक्रिया तथा स्वागत कार्यक्रम गर्दैछन्  । वैशाख १४ गतेसम्म विद्यालयमा भर्ना हुने बालबालिकालाई पाठ्यपुस्तक सेट, अवि, पुष्पगुच्छा तथा मुस्कानसहित स्वागत गर्ने कार्यक्रम विद्यालयहरुले तय गरेका छन् । तनहुँमा करिब ९७ प्रतिशत बालबालिका विद्यालयमा भर्ना हुने गरेको तथ्यांक सार्वजनिक गरिएको 
छ । ‘
सकेसम्म कोही पनि बालबालिका विद्यालयबाहिर नहुन भनेर सचेत बनेका छौं,’ भण्डारीले भने । सामुदायिक विद्यालयले भर्ना अभियान सञ्चालन गरिरहेका बेला निजी लगानीका संस्थागत विद्यालयहरुले पनि आफ्नै हिसाबले भर्ना कार्यक्रम सञ्चालन गरिरहेका छन् । विगतमा भर्नाकै समयमा पाठ्यपुस्तकका सेट उपलब्ध नहुने गरेको गुनासो अभिभावकबाट आएको थियो ।
तर यसपल्ट त्यस्तो समस्या नरहने पुस्तक व्यवसायी तथा जिल्ला शिक्षा विकास तथा समन्वय एकाईले दाबी गरेका छन् ।