कार्यकारी सम्पादक पौडेल सम्मानित

 
 दमौलीे । व्यास क्षेत्रको प्रचारका लागि सञ्चालित अठार महिने अखण्डकीर्तनको प्रचारमा सघाएको भन्दै आयोजक वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले दमौली एफएमका स्टेशन इञ्चार्ज एवं दमौली खबर दैनिकका कार्यकारी सम्पादक पवन पौडेललाई सम्मान गरेको छ । 
अखण्डकीर्तनको समापन तथा सम्मान वितरण कार्यक्रममा पौडेललाई व्यास पराशर अन्न क्षेत्रका संरक्षक दमोदर बाबा, प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्ले तथा स्वामी मस्तानन्द महाराजले सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा आयोजकले अठार महिनाभर विभिन्न भूमिकामा रहेर अखण्डकीर्तन सफल पार्न सघाउनेहरुलाई सम्मान गरेको 
थियो । कार्यक्रममा बोल्दै दामोदर बाबाले सबैको साथ र सहयोगबाट नै महायज्ञ सफल भएको बताए । 
सबैले आ आफ्नो ठाउँबाट खटेर अखण्डकीर्तन सफल पारेजस्तै आगामी दिनमा हुने धार्मि कार्यमा समेत सहयोगको अपेक्षा गरिएको उनले बताए । उनले व्यासभूमिको महत्व बढ्दै गएको भन्दै यस ठाउँमा निरन्तर धार्मिक कार्य हुने बताए ।
कार्यक्रममा स्वामी मस्तानन्द महाराजले व्यासभूमिको गरिमा बढ्दै गएको बताए । व्यास पराशर अन्न क्षेत्रका संरक्षक गोविन्द बाबाले सबै धर्म र संस्कृतिको सम्मान गर्दै व्यासभूमिको प्रचारको काम अघि बढेको बताए । प्रतिष्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले विश्वमै पहिलो अठार महिने अखण्डकीर्तन सबै क्षेत्रको साथबाट सफल भएको प्रतिक्रिया दिए । उनले व्यासभूमिको गरिमा बढाउन नियमित धार्मिक क्रियाकलापको आयोजनामा जोड दिए ।