जिशिअ भण्डारी अभिभावक

    दमौलीे । ििजल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख (सविकका जिशिअ) रुद्रहरि भण्डारी एक विपन्न वर्गकी बलिकाको अभिभावक बनेका छन् । विद्यालय भर्ना अभियानका क्रममा सरकारी तथा राजनीतिक नेतृत्वले एक बालबालिकाको अभिभावकत्व ग्रहण् गर्ने सरकारी  नीतिअन्र्तगत भण्डारीले सर्वज्योति माध्यमिक विद्यालय व्यास–१०मा कक्षा ६ की दीपिका भुजेललाई अभिभावकको रुपमा विद्यालय भर्ना गराएके प्रधानाध्यापक कश्यपराज जम्मरकट्टेलले बताए ।  
भण्डारीले सरकारको आब्हान अनुसार आफुले  ती बालिकाको अभिभावकत्व ग्रहण गरेको  बताए । सोमबार भर्ना  भएकी भुजेलको एक बर्षको अध्ययन खर्च समेत आफुले  जिम्मा लिएको  उनले बताए ।  
सरकारले केन्द्रीयस्तरबाटै भर्ना अभियान सफल बनाउन स्थानीय राजनीतिक दलका पदाधिकारी, सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, उद्योेगी, व्यापारी, बुद्धिजीवी, नागरिक समाजलगायतलाई अनुरोध गरेको थियो ।