नया“ ट्राफिक नियम लागू

     दमौलीे । तनहुँ ट्राफिक प्रहरीले हालै व्यास नगरपालिकामा लागू भएको नयाँ नियम कार्यान्वयन थालेको छ ।
दमौलीको पृथ्वी राजमार्गमा अत्यधिक जाम हुन थालेपछि व्यास नगरपालिकाले मुख्य राजमार्गमा विहान साढे नौ देखि साढे १० बजे तथा दिउँसो साढे तीन बजेबाट एक घण्टा ट्रक तथा मालवाहक सवारी चलाउन रोक लगाएको थियो । आइतबारबाट नियम लागू गरिएको ट्राफिक प्रमुख कृष्ण क्षेत्रीले बताए ।
साथै, डांग्रेखोल्सीबाट सवारी एकतर्फी प्रवेश गर्न पाउने नियम पनि लागु भएको छ । डांग्रेखोल्सीबाट सवारी बजार प्रवेश मात्र तथा कालिका मार्गबाट बाहिरिन मात्र पाउने नियम लागु गरिएको उनले बताए । व्यास नगरपालिकाले बजारको भीडभाड व्यववस्थापन गर्न भन्दै नयाँ वर्षबाट यस्तो नियम लागु गर्ने निर्णय गरेको थियो । 
नयाँ नियम पालनाका लागि एकतर्फी सवारी चल्ने डांग्रेखोल्सी चोक तथा कालिका मार्गमा प्रहरी परिचालन गरिएको छ । ‘चाँडै सबै नियमबारे जानकार हुनेछन्,’ ट्राफिक प्रमुख क्षेत्रीले भने ।
दमौलीमा खासगरी कार्यालय समय शुरु हुने बेला भोर्लेटार चोकमा जाम हुने गरेको छ । एकै पटक सवारीको चहलपहल बढ्ने बेला मालवाहक सवारी पनि थपिंदा जाम बढेको निष्कर्षसहित अब विहान र दिउँसो कार्यालय खुल्ने र बन्द हुने समयमा एक एक घण्टा त्यस्ता सवारी बजार आउनुअघि नै राजमार्गमा 
रोकिनेछन् । यसले गर्दा मुख्य चोकमा जाम कम हुने ट्राफिक अधिकारीहरुको विश्वास छ ।