सत्यवतीलाई राष्ट्रपति रनिङ शिल्ड

     दमौलीे । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दमौलीमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सत्यवती मावि दमौलीले प्राप्त गरेको छ । गत वर्ष समेत सत्यवती उपाधि विजेता बन्न सफल भएको थियो । सोमबार भएको भलिबल छात्राको फाइनलमा सत्यवतीले जित निकाल्दै सर्वाधिक अंक पाएका
े थियो । सत्यवतीले शिल्डसँगै नगद १५ हजार पुरस्कार पाएको छ । विद्यालयले पछि थप ३५ हजार नगद पुरस्कार पाउनेछ । प्रतियोगितामा भीमादको जनज्योति मावि उप विजेता बनेको छ । उसले १२ हजार नगद पुरस्कार पाएको छ । प्रतियोगितामा साँगेको जनजुक्त शाही मावि तेश्रो भएको
 छ । उसले नगद नौ हजार पुरस्कार पाएको छ । विजेतालाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुषाललगायतले नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताअन्र्तगत छात्र भलिबलतर्फ भने आधारभूत मावि शुक्लागण्डकी विजेता बनेको छ । उसले फाइनल सेटमा सत्यवती माविविरुद्ध जित 
निकाल्यो । 
भलिबल छात्रातर्फ सत्यवती मावि दमौलीले हंशवाहिनी माविलाई फाइनलमा पराजित गरेको थियो । जलदेवी मावि दमौली प्रतियोगितामा तेश्रो भएको थियो ।
कबड्डी छात्रतर्फ सत्यवती माविलाई पराजित गर्दै मीन मावि प्रथम भएको छ । कबडडी छात्रातर्फ सत्यवती माविलाई पराजित गर्दै जनजुक्त माविले जित निकालेको छ । हाई जम्प छात्रतर्फ निर्मल मावि प्रथम तथा त्रिभुवन मावि रुपाकोट दोश्रो भएका छन् । हाई जम्प छात्रातर्फ जलदेवी मावि प्रथम, मंगलोदय मावि द्वितिय तथा सत्यवती मावि दमौली तृतीय भएका छन् । ट्रिपल जम्पमा छात्रातर्फ सत्यवती मावि प्रथम, राधा मावि र जनज्योति मावि भीमाद द्वितिय र सत्यवती मावि तृतीय भएका छन् ।
ट्रिपल जम्पमा छात्रतर्फ 
राधा मावि प्रथम, जनज्योति मावि भीमाद द्वितिय र रामशाह मावि आँबुखैरेनी तृतीय भएका छन् ।
ज्याभलिङ थो छात्रतर्फ मंगलोदय मावि शुक्लागण्डकी प्रथम, सत्यवती मावि दमौली द्वितिय तथा जनज्योति मावि भीमाद तृतीय भएका छन् ।
सटपुट छात्रतर्फ पराशर मावि दमौली प्रथम, सत्यवती मावि द्वितिय, जनजुक्त शाही मावि साँगे तेश्रो भएका छन् । छात्रा सटपुटमा जनजुक्त शाही मावि साँगे प्रथम, जनज्योति मावि भीमाद द्वितिय तथा सत्यवती मावि दमौली तृतीय भएका छन् ।
लङ जम्प छात्रतर्फ निर्मल मावि दमौली प्रथम, मंगलोदय मावि द्वितिय तथा जनज्योति मावि भीमाद तेश्रो भएका छन् । लङ जम्प छात्रातर्फ सत्यवती मावि प्रथम 
र द्वितिय तथा राधा मावि जामुने तेश्रो भएका छन् ।