नया“ प्रजिअको कार्यकाल शुरु

   दमौलीे । सोमबारबाट तनहुँले प्रमुख जिल्ला अधिकारी पाएको छ । यस अघिका प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्य सरुवा भएर सतर्कता केन्द्र गए पछि झण्डै तीन महिनायता सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निमित्तका रुपमा जिल्लाको कार्यभार सम्हाल्दै आएका थिए । गृह मन्त्रालयले केही दिन अघिदेखि नै भरत शर्मालाई तनहुँ पठाउने चर्चा थियो । उनले कामु प्रजिअको रुपमा सोमबारबाट जिम्मेवारी सम्हालेका हुन् । 
यसअघि सह सचिव तहबाट जिम्मेवारी हेर्ने गरिए पनि तत्कालीन प्रजिअ फणिन्द्रमणि पोख्रेलले समेत कामु प्रजिअको भूमिकामा जिम्मेवारी लिएका थिए । हालका प्रजिअ शर्माले पनि कामु प्रजिअकै रुपमा 
जिम्मेवारी लिएका हुन् ।
हालका प्रजिअ शर्मा यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्र्तगत विभिन्न जिल्लामा स्थानीय विकास अधिकारीको भूमिकामा थिए ।
गृहमा भने आन्तकि व्यवस्थापन शाखामा उनी कार्यरत थिए ।उनले
 जिम्मेवारी सम्हालेलगत्तै केही राजनीतिकर्मीलाई भेटेका छन् । लामो समय प्रमुख जिल्ला 
अधिकारी नहुँदा खासगरी मुद्दाको फैसलाका काम रोकिएका थिए । अन्य नियमित काममा भने कुनै प्रभाव नपरेको प्रशासन श्रोतको 
भनाई छ । 
के होला हतियारको मुद्दा फैसला ?
तनहुँ प्रशासनमा प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्य निर्वाचन सकिएलगत्तै सतर्कता केन्द्रमा सरुवा भएका हुन् । उनको अनुपस्थितीमा सहायक प्रजिअ तुलसीराम पौडेलले निमित्तको कार्यभार सम्हाल्दै आएका थिए । उनले सबै प्रशासनिक काम गरे पनि मुद्दा मामिलासम्बन्धी फैसला गर्न नपाउने भएका कारण प्रशासनमा यसअघि दर्ता भएका मुद्दाको फैसला हुन सकेको थिएन । यसकारण कतिपय मुद्दा प्रभावित पार्ने पक्षले प्रमुख जिल्ला अधिकारीको अभावलाई ठूलो विषय बनाउँदै आएको छ । खासगरी गत मंसीरमा चार थान नाइन एम एम पेस्तोल र ठूलो परिमाणमा गोलीगठ्ठासहित पक्राउ परेका आँबुखैरेनी गाउँपालिकाका अभियान श्रेष्ठको मुद्दाका विषयमा यसअघिका प्रमुख जिल्ला अधिकारीमाथि चर्को दबाब रहेको श्रोत बताउँछ । शाक्यमाथि समेत धरौटीमा छाड्नका लागि मुख्य अभियुक्त अभियान श्रेष्ठ पक्षधरको ठूलो दबाब रहेको प्रशासनका एक अधिकारीले बताए । ‘यति गम्भीर प्रकृतिको घटनामा उहाँ(शाक्य)ले धरौटीमा छाड्न मान्नुभएन,’ ती अधिकारीले भने । नयाँ प्रमुख जिल्ला अधिकारीको परीक्षा यही मुद्दाबाट हुने देखिन्छ । आँबुखैरेनी गाउँपालिकामा विभिन्न नाममा असुलीको काममा सक्रिय श्रेष्ठमाथि केही कारबाही हुने गरेको थिएन । राजनीतिक तथा तत्कालिन प्रशासनसमेतको समर्थनमा उनको आपराधिक जालो बढ्दै गएको थियो । यस्तोमा प्रहरीले गत मंसीर १८ गते विहानै गरेको एक अपरेशनबाट स्थानीय श्रेष्ठसहित २६ वर्षका विजय र २४ वर्षका जय गुरुङसमेत पक्राउ परेका थिए । उनीहरुको साथबाट नाइन एमएमको चार पेस्तोलसँगै ठूलो परिमाणमा गोलीगठ्ठा भेटिएको थियो । ठेक्का पट्टा तथा क्रसरलगायतका काममा संलग्न उनीविरुद्धको कारबाहीका क्रममा नेपाली सेनाको कृष्ण दल गण र सशस्त्रको मनकामना गणका प्रहरी समेतको ब्याकअपमा प्रहरीले अपरेशन गरेको थियो । हाल उनी पक्राउ परेसँगै आँबुखैरेनी क्षेत्रमा तुलनात्मक रुपमा शान्ति आएको स्थानीय बताउँछन् । यति गम्भीर प्रकृतिका घटनामा नयाँ प्रजिअ शर्माले गर्ने फैसला के हुन्छ भन्ने विषयलाई धेरैले चासोका साथ हेरेका छन् । कतिपयले प्रजिअका रुपमा आउनु अघि नै यस विषयमा उनीमाथि दबाब हुन सक्ने जिकिरसमेत गरेका छन् । जिल्लामा शान्ति र सुव्यवस्थालाई कुशलतापूर्वक व्यवस्थापन गर्ने बताएका प्रजिअको कार्यकालमा पहिलो चुनौतीपूर्ण कदम सोही मुद्दा हुने जानकारहरु 
बताउँछन् ।