ब्राह्मण प्रतिनिधिलाई सम्मान

 ब्राह्मण समाज नेपाल भानु नगर समितिले नगरपालिकाका विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । चुँदीमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख उदयराज गौलीसहितका प्रतिनिधिलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सदस्य डा. लक्ष्मीकान्त चापागाइंले ब्राह्मणहरु एक हुनुपर्ने भन्दै संस्कार र संस्कृति अन्य धर्मबाट पेलिएको गुनासो गरे । उनले समाज सक्रिय हुनुपर्नेमा जोड दिए । भानु नगरपालिकाका प्रमुख गौलीले ब्राह्मणले आचरणमा सुधार गर्नुपर्नेमा जोड
 दिए । उनले आफ्नो संस्कारमा बस्न ब्राह्मण समुदायसँग आग्रह गरे ।
कार्यक्रममा भानुका मेयर पौडेलसहित वडा अध्यक्षहरु तारानरेश पौडेल, रामकृष्ण देवकोटा र टिकाराम हड्खले तथा नगर सभा सदस्यहरु कृष्ण ढकाल र गोविन्द ढकाललाई सम्मान गरेका थिए ।
नगर सभापति जयहरि ढकालको सभापतित्वमा भएको कार्यक्रममा ब्राह्मण समाजका जिल्ला अध्यक्ष उपेन्द्र लम्साल, महिला संघकी केन्द्रीय सदस्य चिनु पोख्रेल, जिल्ला सदस्य महाप्रसाद न्यौपाने, पार्षद हरिभक्त ढकाल, सूर्यनाथ पण्डित, तारानाथ पोख्रेल र सुरेश पौडेललगायतले बोलेका 
थिए ।