दुर्घटना बिमा रकम हस्तान्तरण

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड दमौलीले व्यास नगरपालिका वडा नम्बर ११ फराकचौरस्थित स्व. शंकर जिसी परिवारलाई बीस लाख रूपैयाँ बिमा रकम हस्तान्तरण गरेको छ ।
कम्पनीका शाखा प्रमुख प्रकाश थापाले स्वर्गीय जिसीकी पत्नी भगवती घर्तीलाई रकम हस्तान्तरण गरे । जिसीको केही समय अघि विद्युतीय दुर्घटनामा परि निधन भएको थियो ।