‘पर्यटन पूर्वाधारमा प्राथमिकता’

 प्रदेश नम्बर ४ सरकारले समृद्ध प्रदेश बनाउनका लागि पर्यटनलाई विशेष प्राथमिकता दिएर संसदमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा त्यसको सम्भाव्यताका बारेमा पनि टिका टिप्पणी भैरहेका छन् ।
मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले पाँच वर्षभित्र सम्भव हुन सक्ने कामलाई प्राथमिकतामा राखेर योजना अघि बढाउने बताए । 
उनले पोखरामा सञ्चारकर्मीहरु सँग यस्तो बताएका हुन् । सरकारको ९५ बुँदे नीति तथा कार्यक्रमले पूर्वाधार र अधिकार सम्पन्न समृद्ध प्रदेशको परिकल्पना गरेको छ । पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई प्राथमिकतामा राखेर उत्पादन, रोजगारी र गरिबी न्यूनीकरणको लक्ष्य सरकारको छ । दक्ष जनशक्ति र पूर्वाधारयुक्त प्रदेश निर्माणको बाटो सरकारले अवलम्बन गर्ने गरी कार्यक्रम आएको छ ।सरकारले घोषणा गर्दैमा तत्कालै पर्यटक बढ्ने नभए पनि आफूहरुले अहिले देखि  नै बढी पर्यटक भित्राउने अभियानका लागि पर्यटकीय पूर्वाधार तय गर्ने बताए ।