महिलालाई नेतृत्व लिन आग्रह

प्रदेश सभा सांसद सरिता गुरुङले महिलालाई पनि नेतृत्व लिनका लागि आग्रह गरेकी छन् । तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी समितिको आयोजनामा उदमी महिलाहरुका लागि दमौलीमा सञ्चालित तीन दिने वक्तृत्वकला अभिमुखीकरणको समापनमा बोल्दै उनले महिला घरमा मात्र सीमित नभएर समाज र राष्ट्रकै नेतृत्व लिन सक्छन् भन्ने प्रमाणित गर्न आग्रह गरिन् ।
उद्यमी महिलाहरु व्यवसायम मात्र नभएर व्यवसायिक नेतृत्वमा समेत आउनुपर्ने उनले सुझाव दिइन् । उनले महिला नेतृत्वमा आएमा सशक्तिकरण पनि बढ्ने र त्यसले आर्थिक विकास समेत गर्ने बताइन् ।
जिल्ला समन्वय समितिकी उप प्रमुख पवित्रा पौडेलले महिला नेतृत्व लिनका लागि अग्रसर हुन सुझाव दिइन् । उनले महिलाहरुले पाएको पदको जिम्मेवारीमेत महसुस गर्नुपर्ने बताइन् । तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले उद्योग वाणिज्य संघमा समेत महिला नेतृत्वको कमजोर उपस्थिती भएको भन्दै तालिमपश्चात नेतृत्व क्षमता विकासका लागि आग्रह
 गरे ।
समितिकी सभापति राधिका परियारको सभापतित्वमा भएको तालिम समापनमा प्रशिक्षकद्वय पत्रकार पवन पौडेल र अञ्जना तिमल्सेना, सहभागीहरु सीता वैद्य र सपना पुरी तथा समितिकी उप सभापति बसन्ता श्रेष्ठ र सचिव तुलसी श्रेष्ठले तालिमका विविध पक्षमा बोलेका थिए ।