सुर्या लाइफको खुत्रुके सहयोग

       दमौली । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले कम्पनीको ११ औ वार्षिकोत्सवको अवसरमा दमौली अस्पतालमा खुत्रुके तथा फलफुल बितरण गरेको छ ।
अस्पतालका प्रमुख पवनजंग रायमाझीको उपस्थितीमा दमौली शाखा प्रमुख सन्दीप अधिकारीले अस्पतालका सबै बिरामी हरुलाइ फलफुल तथा जुस वितरण गरे । यसैगरी नियमित बचतको शुरुवातका लागि भन्दै कम्पनीले अस्पतालमा भर्ना भएका सुत्केरी महिलालाई खुत्रुके समेत वितरण गरेको छ । दैनिक बचतले भविष्यमा सहजता ल्याउने भन्दै बचतको बानी बसाल्न खुत्रुके सहयोग गरेको अधिकारीले 
बताए । कम्पनीले सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न क्रियाकलाप गरिने 
जनाएको छ ।