पूर्व विद्यार्थीद्वारा भानु माविलाई पा“च लाख सहयोग

     बन्दीपुर । बन्दीपुरको भानु माविको शैक्षिक तथा भौतिक विकासका लागि भन्दै एक पूर्व विद्यार्थी तथा शिक्षकले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । विद्यालयमा अध्ययन गर्दै शिक्षकसम्म भएका हाल एसोसिएट अफ क्याल्यिफोर्निया युनिभर्सिटीका उपाध्यक्ष जितेन्द्रराज जोशीले आर्थिक सहयोग गरेका हुन् । विद्यालयमा बिहिबार आयोजना गरिएको कार्यक्रममा विद्यालयमा शैक्षिक तथा भौतिक पूर्वाधार थप गर्नका लागि भन्दै जोशीले चार लाख र उनकी पत्नी सूवर्ण श्रेष्ठले एक लाख नगद सहयोग गरे ।
आफूले अध्ययन तथा शिक्षणसमेत गरेको विद्यालयमा आएर विद्यार्थीमाझ अन्र्तक्रिया गर्न पाउँदा खुशी लागेको बताएका उनले सानो सहयोग गरेको प्रतिक्रिया
 दिए । ‘मलाई आज तपाईंहरुमाझ उभिएर यसरी बोल्न पाउँदा खुशी लागेको छ,’ उनले भने । उनले विद्यार्थीहरुका जिज्ञासा समेत समाधान गरेका थिए । उनले प्रयत्नशील रहे सोचेको सफलता प्राप्त हुने पनि बताए । जोशी र श्रेष्ठले विद्यालयका लागि आगामी दिनमा समेत थप सहयोग गर्ने प्रतिवद्धता जनाए ।
विद्यालयका संरक्षक एवं शिक्षाविद् चिजकुमार श्रेष्ठले जोशीले पहिले देखि नै नेपाल तथा जन्मभूमि बन्दीपुर र खासगरी भानु माविलाई माया गर्दै आएको बताए । उनले आफ्नो धरातल समाउँदै प्रयत्नशील रहे लक्ष्यमा पुग्न सकिने बताए । श्रेष्ठले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोगमा आफूले सकेको पहल गरिरहने बताए । विद्यालयका पूर्व विद्यार्थी र प्रधानाध्यापकसमेत रहेका श्रेष्ठले हाल संरक्षकको भूमिकामा विद्यालयको गुणस्तरीय शिक्षामा सघाउँदै आइरहेका छन् । ‘घुमिफिरी बन्दीपुर’ पुस्तकसमेत लेखेका श्रेष्ठले बन्दीपुर र समग्र नेपालकै शिक्षामा लामो समयदेखि सेवा गर्दै आइरहेका छन् ।कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल गुरूङ, प्रधानाध्यापक डिल्लिप्रसाद तिवारी, शिक्षक मेघनाथ भण्डारीलगायतल विद्यालयका गहना पूर्व विद्यार्थीको सहयोग प्रेरक भएको बताए ।