तनह“मा प्रदेश विश्वविद्यालयका लागि प्रतिवद्धता

    दमौली । उच्च शिक्षा नीति बनाएर सामुदायिक क्याम्पसहरुलाइ आर्थिक भौतिक सहयोग गर्न तनहँुका स्थानीय तहले प्रतिबद्धता जनाएका छन् । उनीहरुले तनहुँमा प्रदेश विश्वविद्यालय स्थापनामा पहल गर्न र स्थापना गर्नमा समेत ऐक्यवद्धता जनाएका छन् ।
आइतबार बन्दिपुरमा नेपाल पब्लिक क्याम्पस संघ तनहुँद्वारा आयोजित ‘उच्च शिक्षामा स्थानीय तहको भुमिका विषयक’ गोष्ठीमा प्रदेश सभाका सभासद, जिल्ला समन्वय समिति को प्रमुख र उपप्रमुख, नगरहरुका अध्यक्ष उपाध्यक्ष र स्थानीय तहका प्रमुख उपप्रमुखद्वार लिखित प्रतिबद्धता जनाएका हुन् । गोष्ठीमा प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री आशा कोइराला, प्रदेश सांसदद्वय डोबाटे बिक र सरिता गुरुङले संयुक्त रुपमा उदघाटन गरेका थिए । संघका जिल्ला अध्यक्ष एवम जनज्योति क्याम्पस भिमादका संचालक समितिका अध्यक्ष जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न गोष्ठीमा आदिकवी भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले ‘उच्च शिक्षामा स्थानीय तहको भुमिका बिषयक’ कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने र शिक्षाविद् चिजकुमार श्रेष्ठले टिप्पणी गरेका थिए ।
गोष्ठिमा  प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री आशा कोइराला, मा. डोबाटे बिक र सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ल,े उपप्रमुख पवित्रा पौडेल, भानु नपा प्रमुख उदयराज गौली र शुक्लागण्डकी नगरपालिका प्रमुख किसान गुरुङ,  ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष गिनु थापा, बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिं थापा र आबँु गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, घिरिङ गाउँपालिका अध्यक्ष रुपबहादुर राना, व्यास नपा उपप्रमुख मिरा जोशी र देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापा लगायतले मन्तव्य राख्नुका साथै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । 
कार्यक्रममा तनहुँका १० ओटै सामुदायिक क्याम्पसहरुका क्याम्पस संचालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख र प्राध्यापक संघ इकाइहरुका सभापतिहरुको उपस्थिति रहेको थियो । पब्लिक क्याम्पस संघ बन्दीपुर क्याम्पस एकाइ सभापति गोवर्धन भट्टराइ तथा क्याम्पस प्रमुख रमेश अधिकारीले पनि कार्यक्रममा बोलेका थिए ।