धान कुट्ने मिलमा बेरिंदा फुलमायाको मृत्यु

   दमौली । घिरिङमा धान कुट्ने मिलमा बेरिंदा एक महिलाको मृत्यु भएको छ ।
धान कुट्ने मिलमा परेर तनहुँ घिरीङ गाउँपालिका –४ मानपुर निवासी ४५ बर्षीया फुलमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १२ः३० बजेको समयमा स्थानीय दुर्गाबहादुर थापाको धान कुट्ने मिलको पट्टामा बेरिएर फुलमाया थापाको मृत्यु भएको हो । मिलमा धान हाल्ने क्रममा आफैले लगाएको सल मिलको पट्टामा बेरिन जाँदा फुलमायाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर पुलामीले जानकारी 
दिए ।