दुई हवल्दारको बढुवा

    दमौली । तनहुँमा कार्यरत दुई प्रहरी हवल्दारको असईमा बढुवा भएको छ । 
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको बढुवाको सूचीमा जिल्ला प्रहरी कार्यालय तनहुँको अपराध अनुसन्धान शाखामा कार्यरत निलबहादुर थापामगर र किहुँ प्रहरी चौकीमा कार्यरत रननारायण  मानन्धर छन् । प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्री सदस्य सचिव रहेको बढुवा समितिले देशैभरका विभिन्न एकाईमा कार्यरत दुई सय ९८ हवल्दारलाई बढुवाका लागि सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ बमोजिम बढुवाका लागि सिफारिस गरिएको समितिले जनाएको छ । बढुवा सिफारिसमा पर्नेमा उच्च अधिकारीहरुका सुरक्षागार्ड देखि विभिन्न जिल्ला तथा विभागहरुमा कार्यरत प्रहरी हवल्दार छन् । बढुवाको सूचीमा प्रदेश प्रहरी कार्यालय हेटौंडाका ओकेन्द्र थापालाई पहिलो सूचीमा राखिएको छ ।