सामुदायिक प्रहरीको रक्तदान कार्यक्रम

    दमौली । सामुदायिक प्रहरी सेवा केन्द्र तनहुँले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाका उप सभापति  ऋषिराम पोख्रेलले पानसमा दिप प्रज्वलन गरि गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य केशबहादुर सुुनार,रेडक्रस सोसाइटी तनहुँका अधिकृत शिवकाजी पिया, संस्थाकी उपाध्यक्ष विष्णुमाया खनाल तथा सचिव सूर्यभक्त पौडेललगायतले बोलेका थिए । त्यसक्रममा २५  जनाले रक्तदान गरेको केन्द्रले जनाएको छ । केन्द्रकी प्रहरी जवान सुजाता कार्कीले रक्तदान गरेर कार्यक्रमको शुरुवात गरिएको थियो ।