भादगाउ“मा दुव्र्यसनविरुद्ध प्रशिक्षण

   दमौली । व्यास १ भादगाउँस्थित लागूपदार्थ पुनस्र्थापना केन्द्र न्यु डे डेष्टिनी सेन्टरको आयोजनामा व्यास १ का युवा तथा अभिभावकलाई लागूपदार्थ दुव्र्यसनसम्बन्धी सचतेनामूलक प्रशिक्षण प्रदान गरिएको छ । 
केन्द्रले मगर गुठ समितिसँगको सहकार्यमा प्रशिक्षण सञ्चालन गरेको हो । केन्द्र कार्यक्रम संयोजक पवन चुमी मगरले प्रशिक्षणका क्रममा लागूपदार्थ संगतका कारण प्रयोग बढ्ने भन्दै समयमै अभिभावक सचेत भए यसबाट युवालाई रोक्न सकिने  बताए । उनले लागूपदार्थको कुलतबाट जोगाउनका लागि घर परिवार  तथा नागरिक समाजको भूमिका रहेको बताए । केन्द्रले हाल दुव्र्यसनमा फसेका युवाहरुलाई पुनस्र्थापना सेवा दिंदै आइरहेको छ । कुलतबाट छुटाउन पुनस्र्थापना सेवा लिनका लागि समेत उनले सुझाव  दिए । मगर गुठ समितिका अध्यक्ष नरबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सेन्टरका अध्यक्ष युवराज दरै, मगर समाजका अध्यक्ष दुर्गाबहादुर थापालगायतले बोलेका थिए ।