पन्थ संसदीय दल सदस्य

दमौली । तनहुँका राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ नेपाली कांग्रेस संघीय संसदीय दलको सदस्यमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनका क्रममा पन्थ निर्विरोध निर्वाचित भएका हुन् । दलमा केही सदस्यका लागि निर्वाचन भएको थियो ।
लामो समय अपांगता अधिकारका क्षेत्रमा क्रियाशिल पन्थ प्रदेश नम्बर ४ को तर्फबाट राष्ट्रिय सभा सदस्यमा अपांगततर्फबाट निर्विरोध निर्वाचित भएका थिए ।