डा. भट्टराई दमौली आउने

दमौली । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई दमौली आउने भएका छन् । मंगलबार डा. भट्टराईले दमौलीमा कार्यकर्तासँग भेटघाट गर्दैछन् । 
गृहजिल्ला गोरखा आउने क्रममा डा. भटटराईले कार्यकर्ता भेट गर्ने पार्टीका जिल्ला संयोजक देवेन्द्र थापाले बताए । गोरखाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भट्टराई नियमित रुपमा आफ्नो क्षेत्रमा आउने गरेका छन् । यसैक्रममा तनहुँका कार्यकर्तासँग भेट गराइन लागिएको पार्टीले जनाएको छ ।