छक्कापञ्जा ३ को सुटिङ पुलिमराङमा

दमौली । व्यास  ८ पुलिमराङमा नेपाली चलचित्र छक्कापञ्जा ३ को छायांकन भएको छ ।
चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी तथा निर्देशक दिपाश्री निरौलासहितको टोलीले दुई दिनसम्म पुलिमराङस्थित सहिद स्मारकको सुटिङ गरेको बताइएको छ ।
चलचित्रका धेरै भाग सोही क्षेत्रमा सुटिङ गर्ने तयारी भए पनि चलचित्र निर्माण पक्ष दुई दिन मात्र सुटिङ गरेर बाहिरिएको छ ।
सहिद स्मारक पार्कमा चलचित्रका निर्माण टिमका ४५ जना सहभागी थिए ।