एमाले माओवादी बीच पार्टी एकताको घोषणा ।

दमौली । एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको छ । बालुवाटारमा बसेको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुवै पार्टीको केन्द्रीय कमिटी भंग भएको घोषणा गरे । उनले नौ सदस्यीय सचिवालय गठनको निर्णय सुनाए । त्यस्तै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा समेत
 गरे ।
एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको थियो । दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन 
दिनेछन् । तर, यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले समस्या भएको छ । पार्टी एकतासँगै नौ सदस्यीय सचिवालय गठन गरेपछि दुवै पार्टीमा रहेका केही महत्वपूर्ण नेता पनि सचिवालयमा परेका छैनन । 
९ सदस्यीय समितिले नै अब पार्टी सञ्चालन गर्नेछ । ९ सदस्यमा एमालेबाट ६ जना र माओवादीबाट ३ जनालाई राखिएको छ । सचिवालयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षमा रुपमा रहनुहुनेछ । समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल हुनुहुन्छ । माओवादी केन्द्रबाट प्रचण्ड बाहेक नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन् । 
एमाले नेता विष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । समितिमा एमालेबाट गौतम वाहेक अरु उपाध्यक्ष पर्नुभएको छैन । पौडेललाई एमाले अध्यक्ष ओलीको प्रस्तावमा जिम्मेवारी दिइएको हो । अब बन्ने स्थायी समितिमा पनि सचिवसम्मका नेता अटाउने एक नेताले जानकारी दिए । एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता
 हुनेछन् । केन्द्रीय कमिटीमा दुइटै दलमा रहेका केन्द्रीय सदस्य सबै पर्नेछन् । 
४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय नेता राख्ने सहमति भएको छ ।
नेकपाका केन्द्रीय सदस्यद्धारा सामूहिक सपथ ।
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकैसाथ सपथ लिएका हुन् । त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराउनुभएको थियो । यसैबीच बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सार्ने निर्णय पनि गरेको छ । यस्तै एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा रात्रीभोज भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज गरिएको 
छ । 
 तनह“ुबाट पा“च केन्द्रीय सदस्य 
नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भए पछि गठित नेपाल कम्युनिष्ट पार्टीमा ४५ जना स्थायी कमीटीमा तनहुँबाट एक जना मात्र परेका छन् । यसअघि नेकपा एमालेका स्थायी कमीटी सदस्य रहिसकेका किरण गुरुङ नै जिल्लाबाट एक मात्र स्थायी कमीटी सदस्य बनेका हुन् । एकिकृत पार्टीको केन्द्रीय समिति सदस्यमा एमालेका तर्फबाट किरण गुरुङ र प्रतापलाल श्रेष्ठ तथा माओवादीबाट श्रीराम ढकाल, सुरेश आले र हरिबहादुर चुमान चयन भएका 
छन् । एमाओवादीबाट यसअघि केन्द्रीय समितिमा परेका सबै भने यसपल्ट पर्न सकेनन् । केन्द्रीय सदस्य 
अतिन्द्रकेशरी न्यौपाने र राजेन्द्रकेशरी न्यौपाने तथा आशा कोईराला टिममा अटाएनन् । एमालेबाट भने नाम थप हुने सम्भावना रहेको बताइएको छ ।