देवघाट ४ मा कांग्रेसको कार्य समिति

दमौली । नेपाली कांग्रेस तनहुँले देवघाट ४ मा संगठन सुदृढीकरण तथा संगठन परिचालन अनुगमन कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका क्षेत्र नं १ को संयोजक सहदेव अधिकारीको सभापतित्वमा संम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला कोषाध्यक्ष रेशम गुरुङ थिए । कार्यक्रममार्फत तिलबहादुर थापाको नेतृत्वमा आठ सदस्यीय  नेपाली कांग्रेस देवघाट वडा नं ४ मा कार्य समिति गठन गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेस देवघाट संयोजक लक्ष्मीभक्त खनाल, जिल्ला सदस्य कृष्ण रुचाल, तरुण दलका सचिव दयानिधि नराल, नेविसंघ आदिकवि क्याम्पस एकाई सभापति उद्धव पौडेल, व्यास ४ का वडा सचिव सरोज भण्डारी तथा शैलेन्द्र मिश्रलगायतले बोलेक थिए । कार्यक्रममा बोल्दै गुरुङले सशक्त प्रतिपक्षका रुपमा संगठनका गतिविधि अघि बढाउन निर्देशनदिए । कांग्रेसले जिल्लाका विभिन्न भागमा संगठन सुदृढिकरण अभियान सञ्चालन गरिरहेको छ । देवघाट संयोजक खनालले क्रमैसँग अन्य वडामा पनि कार्यक्रम गर्ने बताए ।