युवालाई लागूऔषध विरुद्ध सचेतना

दमौली । व्यास नगरपालिका वडा नम्बर ३ कार्यालयको आयोजनामा लागू औषध दुव्र्यसनसम्बन्धी सामुदायिक सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाभित्रका आमा समूह, युवा क्लब तथा टोल विकास संस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा लागूपदार्थ दुव्र्यसन र यसले पार्ने प्रभावका विषयमा छलफलसमेत भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले लागूपदार्थको दुव्र्यसनबाट युवालाई मुक्त गर्नु जरुरी रहेको बताए । उनले कार्यक्रमले युवालाई कुलतबाट छुटाउन अभिभावकलाई सचेत बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले युवाहरुमा लागूऔषधको दुव्र्यसनले समस्या निम्त्याएको भन्दै यसको रोकथामका लागि पहल थालिएको बताए । उनले दुव्र्यसनको निराकरणका लागि सबै सचेत हुनुपर्ने बताए । वडा सदस्य रबिन पौडेलले युवाहरुलाई कुलतमा जानबाट जोगाउँदै सकारात्मक काममा लगाउने अपेक्षा गरिएको बताए । व्यास युवा समाजका अध्यक्ष बिपिन श्रेष्ठले लागूपदार्थको दुव्र्यसनबाट जोगाउने काममा लाग्ने प्रतिवद्धता जनाए । कार्यक्रममा न्यु डे फेलोसिप नेपालका कार्यक्रम संयोजक पवन चुमी मगरले लागूऔषधको असर समाजमा निकै गहिरोसँग परेको भन्दै यसबाट जोगाउनका लागि अभिभावकको भूमिका पनि संवेदनशिल हुने बताए । उनले लागूपदार्थमा युवा फस्ने कारण तथा उनीहरुलाई जोगाउनका लागि अपनाउन सकिने उपायबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयकी निरिक्षक कृष्णा बस्यालले लागूपदार्थमा युवा लाग्ने कारण तथा रोकथाममा प्रहरीको भूमिका र कानुनी व्यवस्थाका बारेमा जानकारी दिइन् ।
कार्यक्रममा व्यास नगर उप प्रमुख मीरा जोशीले समेत सहभागीलाई दुव्र्यसन नियन्त्रणका लागि भूमिका खेल्न आग्रह गरिन् ।
स्थानीय तहमा पहिलो पटक गरिएको कार्यक्रम उपयोगी भएको वडा सचिव पम्फा बस्नेतले बताइन् ।