शान्ति माविको वार्षिकोत्सव

दमौली  । ऋषिङ गाउँपालिका ३ दुबुङ स्थित शान्ति माध्यमिक विद्यालयको ६०औं बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ  ।
कार्यक्रममा बोल्दै ऋषिङ गाँउपालिको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिका भित्रको शैक्षिक संस्थाहरुको स्तरउन्नती पहिलो प्राथमिकतामा रहेको बताए । उनले अभियानअन्र्तगत ऋषिङ क्षेत्रकै गरिमामय इतिहास बोकेको यस विद्यालयलाई माध्यमिक तह सञ्चालनका लागि आवश्यक प्रकृया पुरा गरेको बताए । विगत ४० बर्ष देखि आधारभुत तह सञ्चालन भएको विद्यालय दुबुङ गाउँ पर्यटकीय, सामाजिक महत्व बोकेको भन्दै उनले पर्यटन विकासको लागि स्थानियहरुको सहभागिता औल्याएका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष गिनुमाया थापाले आफु उप–प्रमुख भएसँगै शिक्षा क्षेत्रमा योग्दान दिन पाउँदा खुशी लागेको बताइन् ।
ऋषिङ गाउँपालिका न्यायिक समिति सदस्य भीमबहादुर थापाले दरबन्दी अभावका कारण पठन पाठनमा समस्या आएको हुँदा ऋषिङ गाउँपालिकाबाट आवश्यक सहयोग गर्नुपर्ने उनले बताए ।
विद्यालय व्यवस्थापन अध्यक्ष चन्द्रबहादुर पाटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय शिक्षक चित्रबहादुर थापा, ऋषिराम रानाभाट तथा ऋषिङ गाँउपालिका अभियनता दानबहादुर श्रेष्ठ लगायतले बोलेका थिए ।