कांग्रेस कार्यकर्तामाथि कुटपिट

दमौली  । नेपाली कांग्रेसको संगठन सुदृढिकरण अभियानका क्रममा गएका कांग्रेस आमन्त्रित सदस्य सुरेश भट्टराईको कुटपिटबाट बन्दीपुर ३ शेराटारका कांग्रेस क्रियाशिल सदस्य डिलाराम गिरी घाइते भएका छन् । पार्टीको आन्तरिक छलफलका क्रमम जिज्ञासा राख्दै गरेका बेला आफूमाथि कुटपिट भएको गिरीले बताए । आफ्नो प्रश्नको जवाफ दिन नसके पछि भट्टराईले कुटपिट गरेको गिरीले बताए ।
कुटपिटबाट घाइते भएका गिरी बन्दीपुर अस्पतालमा भर्ना भएका छन् । पार्टीकै छलफलका क्रममा नेताहरुबीच कुटपिट हुनु दुःखद् भएको कांग्रेस कार्यकर्ता बताउँछन् ।