रेडक्रसको कार्य समिति पूर्ण

दमौली  । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले समितिलाई पूर्णता दिएको छ । अधिवेशनबाट एकजना सभापति र १२ कार्य समिति सदस्य निर्वाचित भएका थिए । रेडक्रस कार्य समितिको परामर्शपछि सभापति कृष्णहरि वाग्लेले ज्ञानराज थापा, उर्मिला थापा र परमेश्वर भट्टराईलाई सदस्यमा मनोनित गरेका छन् । 
रेडक्रसको विधान ३३ 
(थ) अनुसार सभापति वाग्लेले डिल्लीराम अधिकारी, ताराप्रसाद श्रेष्ठ, घनश्याम घिमिरे, रामनाथ भट्टराई, बालकुमारी लोहोनी, प्रदीप घिमिरे, हरिभक्त ढकाल, प्रकाश श्रेष्ठ, जुक्तराज वाग्ले, उत्तम लोहनी र ध्रुवलाल प्रधानलाई सल्लाहकार सदस्यमा मनोनयन गरेका छन् । बैठकबाट विभिन्न समितिसमेत गठन गरेर जिम्मेवारी प्रदान गरिएको सोसाइटीले जनाएको छ । सामुदायिक विकास तथा विपद् व्यवस्थापन समिति संयोजकमा सभापति कृष्णहरि वाग्ले, स्वास्थ्य सेवामा उप सभापति ऋषिराम पोख्रेल, लैगिंक समानता तथा सामाजिक समावेशीकरणमा मन्त्री चिनु पोख्रेल, आर्थिक श्रोत तथा गोदाम व्यवस्थापनमा कोषाध्यक्ष हरिशरण पण्डित, संगठन विकास समितिमा 
परशुराम गिरी, बुलेटिन प्रकाशन समितिमा इन्द्रप्रसाद पौडेल, जुनियर तथा युवा समितिमा सुशिल नराल, अनुगमन तथा मूल्यांकनमा हिरा थापा तथा अर्थ संकलनमा बालकृष्ण पौडेल संयोजक तोकिएका छन् । यसैगरी सूचना तथा सञ्चार समितिमा विनोद खनाल, जनशक्ति विकास समितिमा हरि सिग्देल, ट्रेसिङ सेवामा निर्मला खनाल, भौतिक संरक्षणमा नरनाथ काफ्ले, हेनरी ड्युना अक्षयकोषमा खोजराज गुरुङ, महिला विकास समितिमा सरस्वती थापा, एम्बुलेन्स समितिमा प्रदीप पौडेल तथा मानव संसाधन समिति संयोजकमा तारानरेश पौडेल मनोनित भएका छन् ।
सल्लाहकार सदस्य र समितिका संयोजकहरुलाई तीन महिनाको एक पटक हुने शाखाको वृहत बैठकमा तथा सम्बन्धित समितिसँग सम्वद्ध विभागमा निर्णय गर्नुपर्ने अवस्थामा सम्बन्धित समितिका संयोजकलाई नियमित बैठकमा आमन्त्रण गर्ने शाखाको बैठकले निर्णय गरेको सोसाइटीले जनाएको छ ।