कांग्रेस सुधार्न युवा सक्रियता

–सुन्दरमणि अधिकारी
संघीय र प्रादेशिक निर्वाचन अगाडी बनेको कम्युनिष्ट गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमतले बिजयी बनेपछि बनेको गठबन्धन सरकार र पछि बनेको नेपाल कम्युनिष्ट पार्टीको सरकार स्वेच्छाचारी बन्दै गएको सर्वविदितै रहेको छ । अघिल्लो नेपाली कांग्रेसको सरकारले राष्टिूयसभामा गरेको सिफारिस उल्टाएर कम्युनिष्ट सरकारले विधि मिच्दा नेपाली कांग्रेसले कडा प्रतिवाद गर्न सकेन । वर्तमान सरकारले राष्टिूय अनुसन्धान विभाग, सम्पति शुद्धिकरण विभाग लगायत संस्थालाई प्रधानमन्त्रीमा केन्द्रित गरी राज्य भन्दा व्यक्तिलाई शक्तिशाली बनाएको छ । सर्वोच्च अदालतलाई र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवेदनशील संवैधानिक निकायहरुलाई तदर्थवादमा चलाउनु, चुनावी घोषणापत्र अनुसारको नीति तथा कार्यक्रम नआउनु जनतालाई चुनाव अगाडी दिइएको आश्वासन र देशै भरि घोक्रो सुक्नेगरी पाँचहजार वृद्धभत्ता बनाउने वाचा बजेटमा नसमेटिनुले नेपाली जनता चिन्तित बनेका छन् ।
वर्तमान सरकारको कार्यशैली हेर्दा आवरणमा लोकतान्त्रिक प्रणाली यथावत रहेतापनि आन्तरिक अवयवहरुको प्रयोग र परिचालनको शैली हेर्दा अधिनायकवादको बन्दी बन्ने अवस्थामा मुलुक पुगेको छ । 
फोरम नेपालको सत्तारोहसँगै मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको हल्ला पनि गाँईगुई हुन थालेको छ । दुई तिहाई बहुमतको संघीय सरकार, ६ वटा प्रदेश सरकार (केहि समयमा सातवटै पनि हुन सक्ने) र धेरै स्थानीय तहमा भएको पकडका कारण नेपाल कम्युनिष्ट पार्टी कानुन, नीतिनियम र जनतासामु जवाफदेही देखिएको 
छैन । सिण्डीकेट र मेडिकल माफियाको पक्षपोषण गर्ने पार्टी सत्तामा पुगेपछि सिण्डिकेट अन्त्य गर्ने नाममा आफु अनुकुल सिण्डिकेट निर्माण गर्दैछन् भन्नेकुरा रजिष्टर्ड संस्थाबाट मात्र जग्गा किनबेच गराउने नीतिले नयाँ सिण्डिकेट जन्माउन खोजेको भान हुँदैछ । सरकारले हालै गरेको बालकृष्ण ढुङ्गेलको रिहाई र गोरखाकी गंगामाया प्रतिको उपेक्षाले मानवता, न्याय र कानुनी मूल्य मान्यताको धज्जी उडाउने कार्य भईरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवस्था दयनीय हुनुले मुलुकको लोकतान्त्रिक भविष्य सुखद नभएको अनुभुति हुन थालेको छ । 
बर्तमान अवस्थामा कांग्रेसले र यसका नेताहरुले लिएको निर्णयले केही प्रभाव पार्न सकेको देखिदैन । नेपाली कांग्रेस अहिले विचलनको अवस्थामा छ । विपक्षी दललाई कमजोर सिद्ध गराउँदै पार्टीको संगठन सुदृढीकरण गर्नुको बदला आफ्नै पार्टीको मुल नेतृत्वलाई कमजोर बनाउदै आफु र आफ्ना गुटलाई बलियो बनाउने रणनीतिमा कांग्रेस नराम्ररी फसेका ेछ । नेपाली कांग्रेसलाई कसरी वैचारिक रुपमा धारिलो बनाउने र संगठनलाई सुदृढीरण गरी संगठनमा केन्द्र देखि गाँउतह सम्म अनुशासन कसरी कायम गर्न सकिन्छ भन्ने चिन्तन कुनै पनि नेतामा नहुँदा साधारण कार्यकर्ता र नेपाली जनतामा निराशा छाएको छ । मुलुकमा जहिले नेपाली कांग्रेस कमजोर बनेको छ, त्यतिबेला लोकतन्त्र पनि कमजोर बनेको छ । नेपाली जनता कुनै पनि किसिमको अधिनायकवाद सहन सक्दैनन् । नेपाली कांग्रेस आफ्नै अकर्मण्यताका कारण आज कमजोर प्रतिपक्षको हैसियतमा रहन पुगेको छ । अझै पनि यसको मुल नेतृत्वमा रहनेहरुले आ(आफ्ना कमिकमजोरी केलाएर नयाँ ढङ्गले मिलेर अगाडी बढ्न पनि सकेका छैनन् । 
चरम गुटवाद र व्यक्तिवादको दलदलमा फस्नु नेपाली कांगे्रसको सबैभन्दा ठुलो समस्या 
हो । गुटबाट र व्यक्तिवादले संगठन छियाछिया बनेकोछ । नेपाली कांग्रेसको यही अवस्था रहीरहेमा नेपालका भावी पुस्ताले पुन लोकतन्त्रको लागि आन्दोलन गर्नु पर्ने अवस्था नआउला भन्न 
सकिन्न ।
युवाको भूमिका के? 
देशमा परिवर्तन गर्नका लागि राजनीतिमा परिवर्तन गर्न जरुरी छ । राजनीतिमा परिवर्तन गर्नका लागि नेपाली कांग्रेसमा परिवर्तन गर्न जरुरी छ । यूवाले सकारात्मक सोच राख्न जरुरी छ । नेपाली कांग्रेसको बर्तमान अवस्था हुनुमा यूवाको पनि कमजोरी रहेकोछ । तर यूवा त्यो हो जसले आफुलाई परिवर्तन गर्न सक्छ, कांग्रेसका युवाले खट्नु पर्छ भिड्नु पर्छ । 
हामी कांग्रेसमा लागेर के पायौँ भन्ने होइन आज देश अग्रगतिमा लागेको छ, प्रत्येकले शान्ति पाएका छन् लोकतन्त्र पाएका छन् । देश समृद्धिको गतिमा लागेको छ, त्यसैले यो बेला हरेक युवाले यो सोच्नु पर्छ कि म मेरो लागि, परिवारका लागि समाज र देशका लागि कांग्रेसमा लागेको हुँ भन्ने सोच्नु पर्छ । किनकी कांग्रेस कमजोर हुँदा आफु, परिवार देश र लोकतन्त्र खतरामा पर्छ त्यसकारण युवाहरु निस्वार्थ रुपमा कांग्रेस सुदृढीकरणमा लाग्नु अबको आवश्यकता हो । 
युवाले सर्वप्रथम आफुलाई सकारात्मक रुपमा परिवर्तन गर्न जरुरी छ । शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति बोल्न जान्दैनन बोलेको बुझिंदैन भन्दै नहिडौँ, एक पटक सोचौँ प्रजातन्त्र स्थापनार्थ वषौं वर्ष जेलमा बस्दा प्रजातन्त्र र जनताको अधिकारको लागि लड्दै गर्दा उनको जिब्रोमा करेन्ट लगाइएको थियो । शेरबहादुर देउवा रामचन्द्र पौडेल लगायत कांग्रेस नेताहरु जेलमा नबसेको भए तीनले संघर्ष नगरेको भए आज मुलुक लोकतान्त्रिक गणतन्त्रसम्म नआउन पनि सक्थ्यो । यसकारण हाम्रा आदरणीय नेताहरु प्रति गर्व गर्न
 सिकौँ । राजनीति उमेरले मात्र होइन एजेण्डाले संचालन गर्ने हो । ८२ वर्षका गिरिजाप्रसादले नेपालमा गणतन्त्र ल्याएका थिए । हाल नेपाली कांग्रेसमा उमेर र एजेण्डा दुवै दयनीय अवस्थामा छ तर हामी जस्ता यूवाले एजेण्डा उठाउनु जरुरी छ । 
युवा मात्र होइन समाजमा रहेका हरेक ब्यक्तिलाई सामाजिक, आर्थिक र राजनीतिक रुपमा सबल बनाउनु आजको युवाले लागि पर्नु पर्नेछ । राष्टिूयता र लोकतन्त्रमा अटुट आस्थावान युवाले अब संगठित र सबल रुपमा राष्टू, राष्टिूयता र जनताका जनजिविकाका हकमा एजेण्डा बनाउन र त्यसलाई शसक्त रुपमा उठाउन जरुरी छ । विभिन्न एजेण्डाका साथ सम्पुर्ण यूवा महिला समाजका अगुवा सबैलाई राष्टू निर्माण र समृद्धिको एजेण्डामा समाहित र सर्मपित गराई हरेक समाज र जनतामा जान जरुरी छ ।
तसर्थ संघ र प्रदेशसभाको निर्वाचनबाट  निकै कमजोर बनेको नेपाली कांग्रेसलाई सबल, सुसुचित, अनुशासित बनाउनका लागि युवाहरु सकारात्मक सोच र उर्जाका साथ निरन्तर लाग्नुको विकल्प छैन । निर्वाचनमा कांग्रेस हारेपनि राजनीतिक एजेण्डाहरुमा कांग्रेसले जितेकोछ । म सम्र्पुर्ण कांग्रेसीजन र यसका शुभचिन्तकहरुमा निराश नहुन अपिल गर्दछु । हामी त्यो पार्टीमा छौँ जंगल जंगल भौतारिएको माओवादीलाई आज यो अवस्थामा ल्यायो , धेरै कम्युनिष्ट सरकारले दिन नसकेको संविधान स्व. शुशील कोइराला नेतृत्वको कांग्रेस सरकारले नेपाली जनतालाई दियो , कम्युनिष्ट सरकारले गराउन नसकेको निर्वाचन आफु हार्ने थाहा हुँदा हुँदै शेरबहादुर देउवा नेतृत्वको कांग्रेस सरकारले गरायो ।
हामी नेपाल र नेपाली जनतालाई एकताको सुत्रमा बाँध्ने पार्टीमा छौँ जसले अनवरत रुपमा प्रजातन्त्रको लागि लड्यो, लडिरहेछ र लडिरहनेछ, हामी यस पार्टीमा छौँ त्यसैले गर्व गरौँ कि हामी कांग्रेस 
हौँ । तर बर्तमान अवस्थामा हामीलाई गर्व मात्र गर्ने सुविधा छैन यदी दुई तिहाई बहुमत प्राप्त सरकार अधिनायकबाद तर्फ लम्किन लाग्दा लोकतन्त्रको रक्षार्थ जस्तो सुकै बलिदानी गर्न पनि तयार बन्नुपर्छ तसर्थ उमेर र एजेण्डा सहित युवाहरु संगठित हुन जरुरी छ । 
जय नेपाल ।