थापाको स्वास्थ्यमा सुधार

दमौली । संविधान सभासद थापाको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।  मष्तिष्कको शिरामा रगत जमेर बिरामी परे पछि राजधानीको नर्भिक अस्पतालमा भर्ना थापाको बुधबार शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि अहिले उनको अवस्थामा सुधार आएको भाई मोती थापाले जानकारी दिए । बुधबार शल्यक्रिया भएकामा बिहिबारबाट उनको अवस्थामा सुधार आएको थापाले बताए । उनको अझै पनि अति सघन कक्ष आईसीयुमा उपचार भैरहेको छ । थापालाई कांग्रेस पूर्व महामन्त्री कुबहादुर गुरुङ तथा नेता डाक्टर सेखर कोइरालाले भेटेर अवस्थाका बारेमा जानकारी लिएका छन् । उनको बिहिबारसम्म उपचार हुने अस्पताल श्रोतले जनाएको छ । अकस्मात ज्वरो आएर बिरामी परेपछि थापालाई थप उपचारका लागि नर्भिक लगिएको थियो । त्यहाँ परीक्षणका क्रममा निकै कममा देखिने समस्या थापालाई देखिएको चिकित्सकले बताएका 
थिए ।
चिन्ताजनक अवस्थामा तत्काल अपरेशन गरिएकामा अहिले भने थापाले स्वास्थ्यलाभ गरेकाले परिवार र सुभेच्छुकले राहत महसुस गरेका छन् ।