मगर संघद्वारा प्रजिअ र एसपीको स्वागत

 दमौली  ।नेपाल मगर संघले जिल्लाका प्रमुखका रुपमा आएका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा तथा प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहलाई स्वागत गरेको छ । संघले आईतबार दमौलीमा आयोजना गरेको कार्यक्रममा प्रशासन तथा प्रहरी प्रमुखलाई स्वागत गरेको हो । कार्यक्रममा प्रजिअ शर्मा तथा प्रहरी प्रमुख शाहले शान्ति सुव्यवस्थाका लागि नागरिक समाजसँग मिलेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
संघका अध्यक्ष सिद्धान्त गर्जा मगरको सभापतित्वमा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघकी जिल्ला अध्यक्ष बसुन्धरा घर्ती, मगर संघ व्यास नगर समितिका अध्यक्ष लिलबहादुर थापा, संघका उपाध्यक्ष मनिराज थापा, संस्थाका सह सचिव नन्दु थापा, मगर विद्यार्थी संघ गण्डकी सचिव सिजन थापालगायतले बोलेका थिए ।