मोबाईल मर्मतका लागि निःशुल्क तालिम

दमौली   । घरेलु तथा साना उद्योग विकास समिति तनहुँको आयोजनामा दमौलीमा दलित युवाहरुलाई दुई महिने मोबाइल मर्मत तालिम प्रदान गरिएको छ । 
व्यास नगर क्षेत्रका युवाका लागि सञ्चालित  तालिमका सहभागीलाई कार्यालयले मोबाईल मर्मतका सामग्रीसमेत निःशुल्क प्रदान गरेको छ ।  
व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले आठजना सहभागीलाई सामग्री प्रदान गरे । व्यास क्षेत्रका २,४,७,८ तथा १३ का दलित समुदायका युवा तालिममा सहभागी थिए । नगर प्रमुख न्यौपानेले तालिमपछि सहभागी स्वरोजगार हुने विश्वास व्यक्त गरे । व्यास नपा १३ का वडा अध्यक्ष लेखबहादुर रानाको सभापतित्वमा भएको कार्यक्रममा कार्यालयका निर्देशक रामबहादुर राना तथा लेखा अधिकृत सुर्यप्रसाद घिमिरेलगायतले बोलेका थिए । सहभागीले उपकरण पाए पछि आफै व्यवसाय सञ्चालन गर्न सक्ने अपेक्षा कार्यालयको छ । यसअघि कार्यालयकै आयोजनामा भानु ७ मा सञ्चालित एक हप्ते कुचो तालिम समापन भएको छ । तालिममा १३ जना सहभागी
 थिए । यसैगरी भानु नपा १ चण्डिथानमा एक हप्ते अचार बनाउने तालिम शुरु भएको छ । तालिमको कार्यालयका निर्देशक रामबहादुर रानाले उद्घाटन गरे ।