राहतमा न्यौपाने

दमौली  । नेपाल राहत शिक्षक जिल्ला समिति तनहुँको अध्यक्षमा नरेन्द्रनाथ न्यौपाने चयन भएका छन् । शनिबार अबेर सम्पन्न अधिवेसनले वरिष्ठ उपाध्यक्षमा कृष्ण महत, खुला उपाध्यक्षमा देवेन्द्र थापा, महिला उपाध्यक्षमा रूकविना देवी रानाभाट, सचिवमा सिद्धान्त थापा र अर्थ सचिवमा प्रकाश राइभाटलाई चयन गरेको छ । समितिका सदस्यहरूमा राजेन्द्र नेपाली, उत्तम नैनावस्ती, प्रल्हाद खतिवडा, पवित्रा रानाभाट, सुभद्रा भ«राई, अर्जुन भण्डारी, गिता रानाभाट, टेक बहादुर सिँजाली, मिनराज रामदाम, देवेन्द्र पोडेल, हुम बहादुर थापा, सरोज अधिकारी, होमकुमार गुरूङ तथा राजुप्रसाद बजगाँईलाई सर्वसम्मत चयन भएका छन् ।