गोरखकालीमा प्रजातान्त्रिक नेतृत्व

दमौली   । गिोरखकाली आवासिय माविले मतदानमार्फत विद्यालयको नेता छानेको छ । विद्यार्थीहरुलाई प्रजातान्त्रिक अभ्यासको जानकारी गराउँदै व्यवहारिक प्रक्रियाबाट विद्यार्थीको क्याप्टेन चयन गरिएको विद्यालयका शिक्षक तीर्थ रानाभाटले जानकारी दिए । विद्यार्थीहरुले वर्षाका समयमा समेत मतदान गरेर क्याप्टेनमा कक्षा १० का विशाल थापालाई रोजेका छन् । भाइस क्याप्टेनमा कक्षा नौका अर्पण न्यौपाने चयन भएका छन् । दुई सय १० जनाले प्रक्रियामा सहभागीता जनाएको विद्यालयले जनाएको छ । विद्यालयले चार वर्षयता नियमित रुपमा क्याप्टेन छान्दै अएको शिक्षक रानाभाटले बताए । यसैबीच, विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । समितिको अध्यक्षमा पुनः साहित्यकार एवं व्यासका अध्येता काशिनाथ न्यौपाने चयन भएका छन् ।
समितिका सदस्यमा सुशिला पौडेल, राजकुमार श्रेष्ठ, मिना घले गुरुङ तथा सदस्य सचिवमा प्रधानाध्यापक लोककुमार गुरुङ चयन भएका छन् ।