भिरबाट लड्दा मृत्यु

दमौली   । भिरबाट लडेर तनहुँको शुक्लागण्डकी १० मिनमखानी वनमा एक पुरुषको ज्यान गएको छ । 
स्थानीय लोकदीटारका ४४ वर्षिय ताराबहादुर खड्का मिनमखानी सामुदायिक वनको भिरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी शनिबार मिनमखानीबाट लोकदीटार जाँदै 
थिए । गोरेटो बाटो हिंडेका उनलाई आईतबार बिहान स्थानीयले मोटरबाटोमा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए 
। खड्काले अत्यधिक मदिरा सेवन गरेकाले लडेर ज्यान गएको हुनसक्ने 
अनुमान प्रहरीको 
छ ।  शवलाई पोस्टमार्टमका लागी दमौली ल्याइएको प्रहरीले जनाएको छ ।
 
लागूऔषसहित पक्राउ
म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पुमा स्थानीय एक युवकलाई प्रहरीले लागूपदार्थसहित पक्रेको छ ।
स्थानीइ २४ वर्षका सबिन राना मगरको साथबाट लागु औषध डाईजेपाम ११ थान, फेनराग ११ थान र नुफिन ११ थान गरी जम्मा ३३ थान लागूऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । 
पक्राउ रानाविरुद्ध लागूऔषध मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिइएको मल्लले जानकारी दिए ।