क्रियापुत्री भवन निर्माणका लागि २५ हजार सहयोग

दमौली   । व्यास–३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणाधीन क्रियापुत्री भवनका लागि व्यास(३, पराशर टोल निवासी डम्बरदेव कैनीले २५ हजार ५ सय २५ रुपैयाँ प्रदान गर्नुभएको छ ।
कैनीले उक्त रकम क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई बुधबार प्रदान गर्नुभयो । रकम हस्तान्तरण गर्नुहुँदै कैनीले भवन निर्माणका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै सबैका तर्फबाट सहयोग गरिनुपर्नेमा जोड दिनुभयो ।
सहयोग रकम ग्रहण गर्दै समितिका अध्यक्ष लम्सालले क्रियापुत्री भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि समितिले सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको 
बताउनुभयो । व्यास(३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने समितिले जनाएको छ ।
व्यास नगरपालिकाको ८० प्रतिशत र बाँकी स्थानीय लागत सहभागितामा उक्त 
भवनको निर्माण कार्य सम्पन्न गरिने बताइएको छ ।