जनप्रतिनिधिलाई स्वास्थ्य बिमा चेतना

दमौली   । स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रहेको भन्दै स्वास्थ्य बिमा समितिले यसको कार्यान्वयनका लागि जनप्रतिनिधिको सहयोग खोजेको छ । व्यास नगरपालिकामा बुधबार आयोजित कार्यक्रममा स्वास्थ्य बिमाबाट न्यून आय हुने तथा मध्यम वर्ग बढी लाभान्वित हुने जानकारी दिइयो । 
कार्यक्रम सन्चालन गरिरहेको सामाजिक सुरक्षा समितिका अधिकारी नवराज भट्टराईले कार्यक्रम प्रभावकारी रहेको बताए । बिमामा आवद्ध ठूलो संख्याका नागरिकले फाइदा लिन सकेको कार्यक्रममा तथ्यांक प्रस्तुत गरियो ।
वार्षिक २५ सय बुझाएर पाँच जनाका लागि ५० हजारसम्मको उपचार गर्न सकिने कार्यक्रममा आवद्ध ९ लाख ७ हजार बढीमध्ये १ लाख ९६ हजारले बिमाको रकम लगेको कार्यक्रममा जानकारी दिइयो । अझैसम्म पनि ५ प्रतिशत भन्दा कम नागरिकले यो सुविधा उपयोग गरेका छन् ।  हाल कार्यक्रम परीक्षणका रुपमा देशका ३३ जिल्लामा लागु गरिएको छ । यसलाई विस्तार गर्दै लगिने तयारी सरकारको छ । जनसंख्याको ठूलो हिस्सालाई कार्यक्रममा आवद्ध गर्न सकिएमा धेरै नागरिक लाभान्वित हुन सक्ने सरकारको लक्ष्य छ ।
कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख, उप प्रमुख तथा वडा अध्यक्षहरु सहभागी थिए ।