तनहु“की प्रगति बुगी वुगीका लागि मत माग्दै

दमौली । एपि वान टेलिभिजनले सन्चालन गरेको वुगी उगी डान्स रियालीटी शोमा छनोट भई हजारौं प्रतिस्पर्धी लाई पछि पार्दै तनहुँकी चेली प्रगति पुन मगरले टप नाइनमा आफुलाई सुरक्षित गरेकी
 छन् । 
तनहुँको शुक्लागण्डकी २ कोत्रे नर्सरीकी २१ बर्षिया प्रगति सानै देखि विभिन्न नृत्य प्रतियोगिताहरुमा सहभागी भै विभिन्न राष्टिय तथा जिल्ला स्तरका उपाधिहरु उचालिसकेकी छिन् ।
अन्य सहभागीले भन्दा फरक प्रस्तुतीका साथ दर्शक तथा निर्णायकको मन जितेकी प्रगतीले यस अघि विभिन्न अफिसियल म्युजिक भिडियो तथा कभर गीतहरुमा समेत सहभागी भै पुरस्कारहरु हात पारेकी प्रगति पुनलाई बुगी वुगी डान्स रियालीटी शोमा टप नाइनमा पुग्नका लागि मत दिनुपर्ने 
हुन्छ । यसका लागि उनका सुभेच्छुकहरुले मत माग्ने अभियानै सञ्चालन गरेका छन् ।देशभित्रकाले मोबाईल एसएमएस तथा बाहिरकाले एपी वान मोबाइल एपमार्फत मत दिन सक्ने प्रबन्ध टेलिभिजनले मिलाएको छ ।  
अवका चरणमा ५० प्रतिशत निर्णायकको र ५० प्रतिशत भोटको आधारमा छनोट प्रक्रिया अघि बढ्ने भएकाले सबैलाई आफ्नो मत दिन प्रगति तथा उनका सुभेच्छुकले आग्रह गरेका छन् ।