दुर्घटना रोक्न सक्रियता जरुरी

केही समययता ठूला दुर्घटनामा कमी आए पनि ७२ किलोमिटर क्षेत्रफल ओगटेको तनहुँस्थित पृथ्वी राजमार्गमा स साना संख्यामा धेरै सवारी दुर्घटना भैरहेका 
छन् । जसकारण कैयौंको ज्यान गएको 
छ ।  त्यो भन्दा बढी घाइते भएका छन् । दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले नियममा कडाई गरेर कारबाही समेत गरे पनि घटनाको संख्यामा कमी आउन सकेको छैन । यसले तनहुँको राजमार्ग क्षेत्र यात्रु तथा चालकहरुका लागि जोखिमपूर्ण बनिरहेको छ । दुर्घटनाको क्रम बढेसँगै नियन्त्रण गर्ने दायित्व पनि बढेको छ । ट्राफिक प्रहरीले नियममाथि कडाईसँगै नियमबारे जानकारी तथा आवश्यक संकेतहरु राख्ने काममा जोड दिनु जरुरी छ । दुर्घटना न्युनीकरणका लागि जिल्लास्तरमा गठित दुर्घटना नियन्त्रण समितिले पनि समयमै यसबारे पर्याप्त पहल नगरेको देखिएको छ । अर्को कुरा सडकलाई सुरक्षित बनाउन जिम्मेवार बन्नुपर्ने सडक डिभिजन कार्यालयले पनि सडकको गुणस्तरमा उति साह्रो ध्यान नदिएको देखिएको छ । प्रशासनले यस्ता सरोकारवाला सबै पक्षलाई थप जिम्मेवार बनाएर दुर्घटना न्युनीकरणमा कदम चाल्नुपर्ने देखिन्छ ।