मिटर बक्स बपड्कंदा घरमा आगलागी

दमौली । म्याग्द–६ गाउँसरामा लाइन सर्ट हुँदा स्थानीयबासी टोपराज शाहीको घरमा
आगलागी भएको छ । भुइंचालोबाट क्ष्तिग्रस्त घरको पुर्न निर्माणका लागि रातोकार्ड पाएका उनको निर्माण हुँदै गरेको घरमा दिउँसोको करिब १ बजेतिर मिटर बक्स पड्केर आगलागी भएको आगो नियन्त्रणका लागि थर्पुबाट आएको ईलाका प्रहरी टोलीका सहायक निरिक्षक दिलबहादुर रानाले जानकारी दिए ।
आगलागीमा घरभित्र भएको अन्न, लत्ताकपडा तथा सबै सामाग्रीहरु नष्ट भएको    रानाले 
बताए । शाहीका अनुसार करिब १५ लाख बराबरको नोकसान भएको छ । सो स्थानमा १ महिना भित्र लाइन सर्ट हुँदा पाँच भन्दा बढी घाइते भएका थिए । गत वर्षसमेत विद्युत सर्ट हुँदा एकजनाको ज्यान गएको थियो । विद्युत प्राधिकरणले पुरानो टूान्सफर्मर समस्या दोहोरिइरहने गरेको स्थानीयको गुनासो छ । स्थानीयले नयाँ टूान्सफर्मर राख्नुपर्ने माग गर्दै आएका छन् ।