गुणादीमा ज्येष्ठ नागरिक सम्मान

दमौली । म्याग्दे गाउँपालिका वडा नम्बर १ गुणादीले आफ्नो वडा भित्रका ८० कटेका ज्येष्ठ नागरिकलाई सम्मान गरेको 
छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष माया राना, उपाध्यक्ष बालकृष्ण घिमिरे तथा प्रमुख प्रशासकिय अधिकृत दयाराम तिवारीलगायतको उपस्थितीमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । 
वडाध्यक्ष शिवशरण वाग्लेले ज्येष्ठ नागरिकको सम्मानका लागि वडा कार्यालयले कार्यक्रम ल्याएको बताए । कार्यक्रमअन्र्तगत वर्षमा एक पटक ज्येष्ठ नागरिकलाई एक हजार नगद तथा दोसल्लाबाट सम्मानित गरिन्छ ।
गाउँपालिका अध्यक्ष रानाले ज्येष्ठ नागरिकलाई भगवानकै रुपमा सम्मान गरेर माया ममता दिनुपर्ने बताइन् । आजकल ज्येष्ठ नागरिकलाई हेलाँ गर्ने प्रवृत्ति रोक्नुपर्ने उनले बताइन् । उपाध्यक्ष घिमिरेले वडा कार्यालयहरुबाट सम्मान कार्यक्रम हुनु सराहनीय भएको 
बताए । वडाध्यक्ष शिवशरण वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य
 ऐमान सिँह थापाले तथा वडा सचिव विजयराज खनालले बोलेका
 थिए ।