विश्वकपले हटाएको विभाजन

विश्व अहिले फुटबलमय भएको छ । पश्चिमा नाकाबन्दीको सामना गरिरहेको रसियामा अहिले विश्वको ध्यानाकर्षित भएको छ । भाषिक हिसाबले फरक भए पनि सबैले खेलको भाषा बुझ्दछन् भन्ने कुरा खेलका टिमहरुलाई विश्वभरबाट आइरहेको समर्थन र चासोले पनि प्रष्ट पार्दछ । विश्व राजनीतिक हिसाबले विभाजित छ । विभिन्न ध्रुवमा विभाजित नेताहरुले फरक फरक राजनीतिकोे कुरा गरे पनि खेलले भने विश्वलाई विश्वलाई विभिन्न राजनीतिक विभाजनबाट हटाएर एउटै खेलको साम्राज्यमा लगेको छ । आफूले चिनेका टिमहरुको समर्थनमा विश्वभरबाट आउने साथ अनि विश्वले चाखपूर्वक हेर्ने कारण विश्वकपले छुट्टै रोमाञ्चक दिएको छ । यसले केही समयका लागि भए पनि राजनीतिक र वैचारिक विभाजनलाई बिसाईदिएको छ । नाकाबन्दीको सामना गरे पनि युरोप र अमेरिकाका नेताहरु अनि ठूलो संख्याका समर्थकहरु अहिले रसियामा खेल हेर्न पुगेका छन् । यसले खेलले अहिले देखिएको विभाजनलाई हटाउन मद्दत गर्ने कुरा पुष्टि गरेको छ । विश्वलाई विभजनबाट हटाउन यस्ता खेल कुटनीतिले पनि भूमिका खेल्नसक्ने सन्देश विश्वकपले दिएको छ ।