रोकौं असारे विकास

आर्थिक वर्ष सकिनै लाग्दा अहिले जताततै विकासका कामले गति पाएका छन् । बजेट समयमा खर्च नगर्ने परिपाटी कम नहुँदा असारमा बढी काम हुने परम्परा रोकिन सकेको छैन । यस आधारमा हेर्दा असार मसान्तलक्षित विकास निर्माणका काम अझै निरन्तर 
छन् । देशको विकासमा सबैभन्दा धेरै प्रभाव पार्ने प्रमुख कारक पनि असारे विकास नै हो । समयमा काम नहुने अनि अन्तिम समयमा बजेट खेर जान नदिने भन्दै थालिने हतारको कामले कहिल्यै गुणस्तर दिन सकेन । हतारिएर बजेट जोगाउने नाममा हुने यस्ता विकासले दीगोपन दिन सकेका छैनन् । हरेक वर्ष अन्तिममा मात्र तात्ने उपभोक्ता समितिले हतारकै नाममा कम गुणस्तरको काम गरेर अनियमिततालाई बढावा दिने गरेका 
छन् ।  जिल्लामा स्थानीय तह पुनर्संरचना भैसके पछि समन्वय समितिको जिम्मा पाएको जिल्ला समन्वय समितिले यस्ता कामको अनुगमन गरी समयमै काम थाल्ने र गुणस्तरको काम हुने सुनिश्चितता खोज्नु जरुरी छ ।